पाकिस्तानी सेनाको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले गत हप्ता भारतसँगको सैन्य झडपमा पाकिस्तानी सेना र वायुसेनाका ११ सैनिक मारिएको बताएको छ।
मंगलबार जारी गरिएको आईएसपीआरको विज्ञप्तिमा भनिएको छ- भारतसँगको लडाइँमा एक स्क्वाड्रन लिडरसहित पाँच जना वायुसेनाका कर्मचारी मारिएका छन् र अन्य ६ जना सेनाका कर्मचारीले पनि ज्यान गुमाएका छन्।
आईएसपीआरले जारी गरेको विज्ञप्तिअनुसार, मे १० मा भएको भारतीय आक्रमणमा उनीहरू मारिएका हुन्।
विज्ञप्तिमा भनिएको छ- मे ६-७ को राति भएको भारतीय आक्रमणमा ७ महिला र १५ बालबालिकासहित ४० जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन्। घाइतेहरूमा १० महिला र २७ बालबालिका छन्।
झण्डै चार दिनको लडाइँपछि भारत र पाकिस्तानले अन्ततः शनिबार युद्धविरामको घोषणा गरेका छन्।
252
Shares

प्रतिक्रिया