ग्लोबल


युद्धविराम भए पनि भारतीय सेना 'सतर्क'

युद्धविराम भए पनि भारतीय सेना 'सतर्क'

नेपालखबर
बैशाख २७, २०८२ शनिबार २०:४८, काठमाडौँ

भारत र पाकिस्तानबीच युद्धविराम भए पनि आफू सतर्क अवस्थामा रहने भारतीय सेनाले बताएको छ।

दुई देशबीच युद्धविराम सम्झौताको घोषणा भएको केही समयपछि भारतको रक्षा मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। 

जहाँ भारतीय सेनाका अधिकारी कमोडोर आर रघु नायरले भने, 'सेना युद्धविराम सम्झौताको पालना गर्नेछ, तर सेना भारतको सार्वभौमसत्ता कायम राख्न 'सतर्क' रहनेछ।'

यसैबीच विङ कमान्डर व्योमिका सिंहले पाकिस्तानले "भ्रामक प्रचार अभियान" चलाउन धेरै प्रयास गरेको आरोप लगाएकी छन।

पत्रकार सम्मेलनमा उनले पाकिस्तानको भारतीय सेनाले आक्रमणमा मस्जिदहरूलाई निशाना बनाएको पाकिस्तानको आरोप अस्वीकार गरिन्।

उनले भनिन्, 'हामी सबै धर्मका धार्मिक स्थलहरूको सम्मान गर्छौं।'

भारतीय सेनाले कारबाहीका क्रममा आतंकवादी शिविरहरूलाई मात्र निशाना बनाएको जिकिर गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad