खेल


अधिकारीको नेतृत्वमा खेलकुद पत्रकार मञ्च

अधिकारीको नेतृत्वमा खेलकुद पत्रकार मञ्च

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार २१:३३, काठमाडौँ

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा निरञ्जन अधिकारी निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न २० औँ साधारणसभाले अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

अध्यक्ष निर्वाचित अधिकारीले ४५ मत पाउँदा अर्का उम्मेदवार प्रकाश तिमिल्सिनाले ३५ मत पाए।

महासचिवमा अञ्जन खड्का ५१ मतसहित निर्वाचित हुँदा प्रतिद्वन्द्वी राजु घिसिङले २८ मत प्राप्त गरे। सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भए। उनले ५१ मत र उनका प्रतिद्वन्द्वी गोविन्दराज नेपालले २८ मत पाए।

प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षमा सञ्जीव सिल्पकार र गोविन्द रेग्मी निर्विरोध निर्वाचित भए।

कोषाध्यक्षमा मुना कार्की र महिला सदस्यमा नमिता दाहाल पनि निर्विरोध चयन हुँदा तीन जना सदस्यमा भने निर्वाचन भएको छ।

निर्वाचनबाट रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी चुनिएका छन्। सुवेदीले ५७, कविरसले ५४ र जोशीले ३९ मत पाए।

एनएसजेएफ कार्य समितिको कार्यकाल तीन वर्षको हुनेछ।

निर्वाचित कार्यसमितिलाई बिहीबार नै नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रमाणपत्र हस्तान्तरण गरेका छन्।

निर्वाचनअघि बन्द सत्रले महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र कार्यवाहक कोषाध्यक्ष मुना कार्कीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad