ग्लोबल


पाकिस्तानविरुद्ध सैन्य कारबाहीबारे जानकारी गराउन भारतको सर्वदलीय बैठक

पाकिस्तानविरुद्ध सैन्य कारबाहीबारे जानकारी गराउन भारतको सर्वदलीय बैठक

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १२:१७, काठमाडौँ

पाकिस्तानसँग सैन्य टकराबका विषयमा भारत सरकारले अहिले सर्वदलीय बैठक गरिरहेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार बैठक संसद् भवनमा जारी छ। 

बैठकमा विपक्षी नेता राहुल गान्धी र मल्लिकार्जुन खड्गेलगायत धेरै नेता सहभागी छन्। 

बैठकमा सबै पक्षलाई पाकिस्तानविरुद्ध भारतको सैन्य कारबाहीबारे जानकारी गराइनेछ।

साथै सीमा सुरक्षासम्बन्धी विषयमा पनि छलफल हुनेछ। 

मंगलबार राति मात्र भारतले अपरेसन सिन्दूरअन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको छ। 

भारतले आतंकवादी लुक्ने ठाउँमा आक्रमण गरिएको दाबी गरे पनि पाकिस्तानले सर्वसाधारण बस्ने क्षेत्रमा हमला भएको दाबी गरिरहेको छ। 

उक्त हमलामा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।

यसैबीच बुधबार बिहान पाकिस्तानले कश्मीर क्षेत्रमा गरेको गोलाबारीमा १५ जना मारिएको र ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।

जसका कारण दुई देशबीच पूर्ण युद्धको खतरा देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad