पहलगाम हमलापछि रुष्ट भारतले पाकिस्तानविरुद्ध एकपछि अर्को निर्णय गरिरहेको छ।
यसै क्रममा भारतले शनिबार पाकिस्तानबाट आउने सबै प्रकारका मेल र पार्सल निलम्बन गरेको छ।
हुलाक विभागले जारी गरेको विज्ञप्ति अनुसार, 'भारत सरकारले पाकिस्तानबाट हवाई तथा स्थलमार्गबाट आउने सबै हुलाक र पार्सल सेवा निलम्बन गर्ने निर्णय गरेको छ।'
यसअघि भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले पनि पाकिस्तानबाट आयात रोक्न सूचना जारी गरिसकेको छ।
अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जना मारिएका थिए।
1.1k
Shares

प्रतिक्रिया