ग्लोबल


पहलगाम हमला: गुजरातमा ५०० जना गिरफ्तार

पहलगाम हमला: गुजरातमा ५०० जना गिरफ्तार

अहमदाबाद प्रहरीले भारतमा अवैध रूपमा बसोबास गर्ने ५०० भन्दा बढी मानिसहरूलाई पक्राउ गरेको छ, जसमा बंगलादेशीह पनि छन्।


नेपालखबर
बैशाख १४, २०८२ आइतबार ७:४०, काठमाडौँ

जम्मु-कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि शोकमा डुबेको छ। यस आक्रमणमा मारिएकामध्ये तीन जना गुजरातका थिए।

आक्रमणपछि भारत सरकारले पाकिस्तानलाई 'दोष' दियो र सिन्धु जल सन्धि निलम्बन गर्‍यो। साथै पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्‍यो।

त्यसपछि शुक्रबार केन्द्रीय गृहमन्त्री अमीत शाहले सबै राज्यका मुख्यमन्त्रीहरूलाई आफ्नो राज्यमा बसोबास गर्ने पाकिस्तानी नागरिकहरूको पहिचान गर्न र उनीहरूलाई फिर्ता पठाउन निर्देशन दिए।

यसपछि शनिबार बिहान गुजरातको अहमदाबाद र सुरतका स्थानीय प्रहरीले कथित बंगलादेशी र अन्य विदेशी नागरिकहरूसहित ५०० भन्दा बढी मानिसहरूलाई हिरासतमा लिएको बीबीसी हिन्दीले जनाएको छ। यी व्यक्तिहरू अवैध रूपमा भारत आएका थिए भन्ने आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad