ग्लोबल


भारत-पाकिस्तान मनमोटावले संयुक्त राष्ट्रसंघ चिन्तित, अधिकतम संयमता अपनाउन आग्रह

भारत-पाकिस्तान मनमोटावले संयुक्त राष्ट्रसंघ चिन्तित, अधिकतम संयमता अपनाउन आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १३:२४, काठमाडौँ

पहलगाम आक्रमणपछि एकअर्काविरुद्ध कूटनीतिक कारबाही अघि बढाएका भारत र पाकिस्तानलाई संयुक्त राष्ट्रसंघले 'अधिकतम संयमता अपनाउन' आग्रह गरेको छ।

संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले बिहीबार न्युयोर्कमा पत्रकारहरूसँग भने, ‘हामी दुवै सरकारलाई अधिकतम संयम अपनाउन र हामीले जुन स्थित र घटनाक्रम देखिरहेका छौँ, त्यसलाई थप बिग्रन नदिने कुरा सुनिश्चित गर्न हार्दिक अपिल गर्दछौँ।’

उनले अगाडि भने, ‘हामीलाई विश्वास छ- पाकिस्तान र भारतबीचका कुनै पनि समस्या वार्ताका माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकिन्छ, गरिनुपर्छ।’

प्रवक्ता डुजारिकले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विगत २४ घण्टामा कुनै पनि सरकारसँग ‘प्रत्यक्ष सम्पर्क’ नगरेको तर 'चिन्ताका साथ परिस्थिति निगरानी गरिरहेको' बताएका छन्। 

मंगलबार जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा २६ जना मारिएका थिए। तर कतिपय भारतीय सञ्चारमाध्यमले मृतकको संख्या २८ पनि लेखिरहेका छन्।

उक्त आक्रमणमा नेपाली युवा सुदीप न्यौपाने पनि मारिएका छन्। 

पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव  बढेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad