ग्लोबल


भारतका कुनै पनि दुस्साहसको उचित जवाफ दिनेछौँ: पाकिस्तान

भारतका कुनै पनि दुस्साहसको उचित जवाफ दिनेछौँ: पाकिस्तान

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार ६:२३, काठमाडौँ

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले पाकिस्तानी भूमिमा कुनै कारबाही गर्‍यो भने त्यसको कडा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। 

बिहीबार इस्लामाबादमा प्रधानमन्त्री शाहबाज शरिफको अध्यक्षतामा भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आतंकवादी हमलाको निन्दा गर्छौं तर हामीलाई आफ्नो रक्षा गर्ने अधिकार छ भने।

उनले भने, ‘हामी पूर्ण रूपमा तयार छौँ र भारतका कुनै पनि दुस्साहसको उचित जवाफ दिनेछौँ।’

‘यदि भारतले पाकिस्तानका कुनै पनि सहरमा कुनै कारबाही गर्छ र कुनै पनि पाकिस्तानी नागरिकलाई हानि पुर्‍याउँछ भने त्यसको पनि उही तरिकाले जवाफ दिइनेछ।’

अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि बुधबार भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन, अटारी सीमा बन्द गर्नेलगायत पाकिस्तानविरुद्ध विभिन्न निर्णय गरेको छ।

यसैको प्रतिक्रियामा सरकारले पनि बिहीबार भारतविरुद्ध विभिन्न कारबाही घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad