ग्लोबल


इस्तानबुलमा ३८ मिनेटभित्र ३ भूकम्प, एउटा ६.२ म्याग्निच्युडको

इस्तानबुलमा ३८ मिनेटभित्र ३ भूकम्प, एउटा ६.२ म्याग्निच्युडको

भूकम्प आउँदा इस्तानबुलका मानिसहरू सडकमा निस्किएका थिए।


नेपालखबर
बैशाख १०, २०८२ बुधबार १९:२०, काठमाडौँ

टर्कीको इस्तानबुलमा बुधबार एकै दिन तीन भूकम्प गएका छन्। 

पहिलो भूकम्प स्थानीय समयअनुसार १२:१३ बजे गएको थियो। जुन ३.९ म्याग्निच्युडको थियो।

त्यसको ३६ मिनेटपछि स्थानीय समयअनुसार १२:४९ बजे फेरि ६.२ म्याग्निच्युडको ठूलो भूकम्प गयो। 

यसको ठीक २ मिनेटपछि फेरि ४.४ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले जनाएको छ। 

भूकम्प आएपछि मानिसहरू घरबाट सडकमा निस्किएका थिए। 

हालसम्म भूकम्पबाट कुनै क्षतिको समाचार भने आएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad