प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७-१९ सम्म काठमाडौँमा हुने भएको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै वाईसीएलले सम्मेलनबारे जानकारी गराएको हो। ‘सुशासन, सामाजिक न्याय, सम्वृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन’ नारा दिएको सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने छन्।
त्यसअघि प्रदेश सम्मेलन सम्पन्न गर्ने समेत वाईसीएलले जनाएको छ। जस अनुसार बागमती प्रदेसको वैशाख १७ र १८ गते, बिशेष प्रदेसको १९ गते, गण्डकी प्रदेश २० र २१ गते, सुदूरपश्चिम प्रदेश २३ र २४ गते सम्मेलन हुने छ।
त्यस्तै कर्णाली प्रदेशको २९ र ३० गते, लुम्बिनी प्रदेश जेठ १ र २ गते र मधेस प्रदेसको जेठ ४ र ५ गते सम्मेलन हुनेछ।


90
Shares

प्रतिक्रिया