सोमबारदेखि भारत भ्रमणमा रहेका अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका विषयमा प्रतिक्रिया दिएका छन्।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘सोमबार साँझ प्रधानमन्त्री मोदीलाई भेट्नु मेरा लागि सम्मानको कुरा थियो। उहाँ एक महान् नेता हुनुहुन्छ र उहाँले मेरो परिवारसँग धेरै राम्रो व्यवहार गर्नुभयो।’
‘राष्ट्रपति ट्रम्पको नेतृत्वमा हाम्रो मित्रता र साझेदारीलाई सुदृढ पार्न भारतीय जनतासँग काम गर्न म तत्पर छु।’
जेडी भान्स आफ्ना श्रीमती उषा भान्स र तीन छोराछोरीसहित भारत भ्रमणमा आएका हुन्।
भारतीय प्रधानमन्त्री मोदीले सोमबार अमेरिकी उपराष्ट्रपति भान्ससहित उनको परिवारलाई प्रधानमन्त्री निवास ७ लोक कल्याण मार्गमा स्वागत गरे।
प्रधानमन्त्री मोदीले भेटघाटबारे एक्समा लेखेका छन्, ‘अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनको परिवारलाई नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लाग्यो। मेरो अमेरिकी भ्रमण र राष्ट्रपति ट्रम्पसँगको भेटपछि हामीले भारत-अमेरिका सम्बन्धमा द्रुत प्रगतिबारे छलफल गर्यौँ।’
"हाम्रा दुवै देश व्यापार, प्रविधि, रक्षा, ऊर्जा र जनता-जनता सम्बन्ध लगायत धेरै क्षेत्रमा मिलेर काम गर्न तयार छन्।’
प्रधानमन्त्री मोदीले भारत र अमेरिका बीचको साझेदारीलाई २१औँ शताब्दीको महत्त्वपूर्ण साझेदारीको रूपमा वर्णन गरे।
Shares

प्रतिक्रिया