ग्लोबल


मेदान्ता अस्पतालमा एअर होस्टेसलाई यौन उत्पीडन गरेको आरोपमा प्राविधिक पक्राउ

मेदान्ता अस्पतालमा एअर होस्टेसलाई यौन उत्पीडन गरेको आरोपमा प्राविधिक पक्राउ

प्रहरीको नियन्त्रणमा आरोपित (बायाँ) र आईसीयूको प्रतीकात्मक तस्बिर।


नेपालखबर
बैशाख ७, २०८२ आइतबार १२:२८, काठमाडौँ

भारतको हरियाणा राज्यअन्तर्गत गुरुग्राममा रहेको मेदान्ता अस्पतालमा एअर होस्टेसलाई यौन दुर्व्यवहार घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। 

४६ वर्षीया एअर होस्टेसले आफू उक्त अस्पतालको आईसीयूमा उपचाररत रहँदा अप्रिल ६ मा त्यहीँका एक कर्मचारीले यौन उत्पीडन गरेको भनी दिएको जाहेरीका आधारमा प्रहरीले मेसिन प्राविधिक २५ वर्षीय दीपकलाई गिरफ्तार गरेको हो। 

डीसीपी मुख्यालय डा. अर्पित जैनको पर्यवेक्षणमा गठित एसआईटीका आठ फरक टोलीले मेदान्ता अस्पतालका ८०० सीसीटीभी फुटेज जाँच र ५० भन्दा बढी कर्मचारी र डाक्टरसँग सोधपुछ गरेपश्चात् आरोपित पक्राउ परेका हुन्। 

उनलाई शनिबार अदालतमा पेस गरी न्यायिक हिरासतमा पठाइसकिएको छ। 

मोबाइल फोनको खोज इतिहासले उनले पोर्न हेरिरहेको पुष्टि गरेको छ। सोधपुछका क्रममा अभियुक्तले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ। 

यसैबीच अनुसन्धानका क्रममा आरोपित दीपकमा पोर्न फिल्म हेर्ने लत रहेको पाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  

२०१९–२०२२ मा निजी संस्थानबाट बीएससी (ओटी) डिग्री हासिल गरेका उनी ५ महिनादेखि उक्त अस्पतालको आईसीयूमा मेसिन प्राविधिकका रूपमा काम गरिरहेका थिए।

प्रहरीले सीसीटीभी फुटेजबाट दीपक करिब १६ मिनेटसम्म आईसीयूमा रहेको पत्ता लागेको छ। उनको काम भने केवल २ मिनेटका लागि थियो। 

सोधपुछका क्रममा आरोपितले घटना अघि र पछि पोर्न भिडिओ हेरेको खुलासा भएको छ। प्रहरीले उनको मोबाइलमा पोर्न साइट खोजिरहेको जानकारी प्राप्त गरेको छ। 

उनले आईसीयूमा उपचार मेसिन प्राविधिक भएकाले आफूलाई एयर होस्टेसको भर्नाबारे पहिले जानकारी रहेको बयान उनले दिएका छन्। 

आईसीयूमा एअर होस्टेस अचेत अवस्थामा रहेका बेला आफ्नो नियत बिग्रेको र गलत काम गरेको स्वीकार अभियुक्तले गरेको प्रहरीले दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad