ग्लोबल


दिल्लीमा भवन भत्किँदा ४ जनाको मृत्यु, अझै धेरै मानिस फसेको आशंका

दिल्लीमा भवन भत्किँदा ४ जनाको मृत्यु, अझै धेरै मानिस फसेको आशंका

घटनास्थल


नेपालखबर
बैशाख ६, २०८२ शनिबार ९:११, काठमाडौँ

भारतको राजधानी दिल्लीको मुस्तफाबाद क्षेत्रमा शनिबार बिहान एउटा भवन भत्किँदा ४ जनाको मृत्यु भएको छ भने भग्नावशेषमुनि धेरै मानिस फसेको आशंका गरिएको छ।

उत्तर पूर्व जिल्लाका अतिरिक्त डीसीपी सन्दीप लाम्बाले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार भत्किएको भवनमुनि अझै आठ/दश जना फसेको आशंका छ।

डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले पनि फसेकाहरूलाई उद्धार गर्ने प्रयास भइरहेको बताएका छन्।

अटवालले उद्धारका लागि एनडीआरएफ, अग्नि नियन्त्रक सेवा र प्रहरी टोली खटिरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad