अमेरिका र चीन बीचको कर (भन्सार महसुल) युद्ध जारी छ। यसैबीच अमेरिकाले चिनियाँ जहाजहरूमा बन्दरगाह शुल्क लगाउने योजना बनाएको छ।
बीबीसीका अनुसार अमेरिकाले यो योजना आफ्नो देशमा जहाज निर्माण पुनः सुरु गर्न र यस क्षेत्रमा चीनको नेतृत्वलाई चुनौती दिन बनाएको हो।
अक्टोबर मध्यदेखि चिनियाँ जहाज मालिक र सञ्चालकहरूलाई प्रतिटन कार्गोको ५० अमेरिकी डलर शुल्क लगाइनेछ। साथै यो शुल्क आगामी तीन वर्षसम्म हरेक वर्ष बढ्दै जानेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिले विश्वव्यापी व्यापारलाई थप बाधा पुर्याउने चिन्ता थियो, तर यो शुल्क मूल रूपमा सुझाव गरिएको भन्दा कम गम्भीर छ।
अमेरिकाले लगाएको शुल्कप्रति चीनको विदेश मन्त्रालयले पनि प्रतिक्रिया जनाएको छ।
विदेश विभागका प्रवक्ताले शुल्कले अमेरिकी उपभोक्ताहरूको लागि मूल्य बढाउने र ‘अमेरिकी जहाज निर्माण उद्योगलाई कुनै प्रोत्साहन नगर्ने’ बताएका छन्।
Shares

प्रतिक्रिया