समाज


मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल

मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल

नेपालखबर
बैशाख ६, २०८२ शनिबार ६:२८, काठमाडौँ

विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने मुख्य मागसहित आन्दोलनरत शिक्षककहरूको प्रतिनिधिमण्डलले शुक्रबार मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग छलफल गरेको छ। 

शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महास‌ंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले दिएको जानकारीअनुसार शुक्रबार राति ९ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग र राति ११:३० बजेसम्म सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरिएको हो। 

प्रधानमन्त्रीसँग करिब २ घण्टा चलेको छलफलमा महासंघका तर्फबाट चालु आन्दोलन, शिक्षक-कर्मचारीका माग-मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रस्ट पारिएको सुवेदीले बताए। जवाफमा प्रधानमन्त्री सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गरेको उनको भनाइ छ। 

त्यसैगरी सभामुख देवराज घिमिरेसँगको भेटमा विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल गरिएको शिक्षक महासंघका सुवेदीले जानकारी दिए। शिक्षक महासंघको प्रतिनिधि मण्डलमा अध्यक्ष सुवेदीसहित सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव अर्थ मदनराज जोशी सहभागी थिए। 

यसैबीच अध्यक्ष सुवेदीले आन्दोलन जारी रहेको जानकारी सबै शिक्षक, कर्मचारीलाई गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad