शक्तिशाली हावाका कारण उत्तरी चीनका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरिएको छ भने बाहिर रहेकाहरूलाई चाँडै घर फर्किन सुझाव दिइएको छ।
विद्यालयमा कक्षा स्थगन गरिएको छ भने बाहिरी कार्यक्रम रद्द गरिएका छन्।
चीनका सरकारी सञ्चारमाध्यका अनुसार हावा यति शक्तिशाली छ कि ५० किलोभन्दा कम तौल भएका मानिसहरूलाई ‘सजिलै उडाउन सक्छ’।
बेइजिङ, टियानजिन र हेबेई क्षेत्रका अन्य भागमा शुक्रबारदेखि आइतबारसम्म १५० किलोमिटर प्रतिघण्टाको गतिमा मंगोयाबाट दक्षिणपूर्वमा चिसो हावा चल्ने अनुमान गरिएको छ।
एक दशकमा यो पहिलोपटक चीनले आँधीका लागि ‘अरेन्ज अलर्ट’ जारी गरेको छ।
शनिबार तीव्र हावा चल्दा बेइजिङको तापक्रम २४ घण्टाभित्र १३ डिग्री सेल्सियसले घट्ने अधिकारीहरूले बताएका छन्।
162
Shares

प्रतिक्रिया