राजनीति


*एमाले र कांग्रेस सांसदले सहमति नजनाएपछि संसदीय समितिले तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न निर्देशन दिन सकेन

*एमाले र कांग्रेस सांसदले सहमति नजनाएपछि संसदीय समितिले तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न निर्देशन दिन सकेन

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १७:३९, काठमाडौँ

नेपाली कांग्रेस र नेकपा एमाले सांसदहरूले सहमति नजनाएपछि संसदीय समितिको बैठकमा प्रस्ताव पेश भएपनि तीनकुने घटनाबारे छानबिन समिति गठन हुन सकेन।

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सभापति विमला सुवेदीले तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न प्रस्ताव गरेकी थिइन्। तर नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले सहमति नजनाएसँगै छानबिन समिति बन्न नसकेको हो।

समिति सभापति सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको बताइन्। उनले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी  देखिएको बताइन्।

आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको उनले जानकारी दिइन्।

उनले सुरक्षा चुनौतीको विश्लेषणका आधारमा शान्ति सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउनुपर्ने बताइन्।

सभापति सुवेदीले आगामी दिनमा सुरक्षा संवेदनशीलतालाई उच्च प्राथकितामा राखेर उचित स्थानमा मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक आवश्यक प्रबन्ध मिलाउन सरकाराई निर्देशन दिएको बताइन्।

*(यसअघिको समाचारमा समितिको निर्देशन भनेर समाचार आएको छ। तर समितिमा प्रस्ताव पेस भएपनि कांग्रेस र एमाले सांसदहरूले विरोध जनाएसँगै समितिको बैठक स्थगित भएको थियो। समाचार शिर्षकमा भएको गल्तीप्रति क्षमाप्रार्थी छौँ– सम्पादक)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad