चीनका राष्ट्रपति सी चिनफिङ र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता भएको छ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुई नेताबीच शुक्रबार भेटवार्ता भएको हो।
युरोपेली संघ (ईयू) ले गत हप्ता घोषणा गरिएको अमेरिकी आयात भन्सार शुल्कले विश्व बजारलाई तल झारेको उथलपुथलको सामना गर्दै आफ्नो विश्वव्यापी व्यापारिक सम्बन्धलाई पुनर्विचार गरिरहेको समयमा सान्चेजको यो भ्रमण भएको हो।
समाजवादी प्रधानमन्त्री सान्चेज दुई वर्षभन्दा कम समयमा तेस्रोपटक चीन भ्रमणमा आएका हुन्।
स्पेनले आफ्नो चौथो ठूलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरो (४९ अर्ब १० करोड डलर) को सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान बिक्री गर्छ।
सान्चेजले सन् २०२४ सेप्टेम्बरमा चीनको आफ्नो अन्तिम भ्रमणमा युरोपेली संघका बाँकी सदस्यसँग सम्बन्ध तोडेका थिए र चिनियाँ विद्युतीय कारमा उच्च भन्सार शुल्क लगाउने योजनामा पुनर्विचार गर्न र ‘निष्पक्ष व्यापार व्यवस्था’ का लागि आह्वान गरेका थिए।
ईयूले सरकार समर्थित चिनियाँ कम्पनीबाट हुने अनुचित प्रतिस्पर्धाबाट युरोपेली उत्पादकलाई जोगाउन भन्सार शुल्क आवश्यक रहेको तर्क गरेको थियो।
उनी चीन भ्रमणमा भियतनाम भ्रमणपछि आएका हुन्।
भियतनामको राजधानी हनोईमा बुधबार उनी र समकक्षी फाम मिन्ह चिन्हले व्यापक रणनीतिक साझेदारीको स्तरमा पुर्याउने उद्देश्यले संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका थिए।
Shares

प्रतिक्रिया