कारोबार


भारतीय कृषिमन्त्रीले गरे चन्द्रागिरि हिल्सको भ्रमण, भालेश्वरमा पूजा

भारतीय कृषिमन्त्रीले गरे चन्द्रागिरि हिल्सको भ्रमण, भालेश्वरमा पूजा

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १३:११, काठमाडौँ

भारत सरकारका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानसहित भारतीय राजदूत नवीन श्रीवास्तव र विशिष्ट पाहुनाहरूले बिहीबार चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन्। 

मन्त्री चौहानसहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले स्वागत गरेका हुन्। भ्रमणको क्रममा मन्त्री चौहानले  पर्यटकहरूका लागी चन्द्रागिरि हिल्स  उत्कृष्ट  गन्तव्य  बन्न पुगेको बताए। 

मन्त्री चौहान सहितको भ्रमण टोलीले  हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताएको चन्द्रागिरि हिल्सले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री चौहानले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको  चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा परिवारसहित विशेष पूजा–अर्चना गरेका थिए।  उनले सो आध्यात्मिक अनुभवलाई शान्तिपूर्ण र जीवन्त स्मृति हुने भनी वर्णन गरेका थिए।

मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेको मन्त्री चौहानको भनाइ छ। यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सवैलाई लोभ्याउने पनि मन्त्री चौहानले उल्लेख गरेका थिए।

चन्द्रागिरि हिल्स व्यवस्थापनले  भारतका  कृषि तथा किसान कल्याणमन्त्री चौहानको  भ्रमणले नेपालको  समग्र पर्यटनसहित धार्मिक पर्यटन प्रवर्द्धनमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad