ग्लोबल


ट्रम्पले १०४ प्रतिशत कर लगाएपछि चीनको प्रतिक्रिया: चिनियाँ जनतालाई धम्की मन पर्दैन

ट्रम्पले १०४ प्रतिशत कर लगाएपछि चीनको प्रतिक्रिया: चिनियाँ जनतालाई धम्की मन पर्दैन

नेपालखबर
चैत २७, २०८१ बुधबार १२:१७, काठमाडौँ

अमेरिकाले आफ्ना सामानमा १०४ प्रतिशत कर (भन्सार शुल्क) लगाएपछि चीनको सरकारी मिडियाले कडा प्रतिक्रिया दिएको छ।

चीनको सरकारी च्यानल सीसीटीभीसँग जोडिएको सामाजिक सञ्जाल खाता 'यु युआन तान तियान'ले यस विषयमा पोस्ट गरेको हो। 

चिनियाँ माइक्रोब्लगिङ प्लेटफर्म वेइबोमा लेखिएको पोस्टमा भनिएको छ, 'हामी समस्या सिर्जना गर्दैनौँ, तर समस्याबाट डराउँदैनौँ। चिनियाँ जनतालाई दबाब र धम्की मन पर्दैन।’

विज्ञप्तिमा चीनले अन्त्यसम्म लड्ने कुरा दोहोर्‍याइएको छ भने वार्ताको बाटो अझै खुला रहेको पनि उल्लेख गरिएको छ। 

लेखिएको छ, ‘चीन न त कमजोर हुनेछ न त झुक्नेछ। विश्वलाई देखाउनेछौँ- हामी अन्तर्राष्ट्रिय व्यापारका नियम दृढतापूर्वक रक्षा गर्नेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad