ग्लोबल


औषधिमा पनि भन्सार लगाउने ट्रम्पको घोषणा

सर्वसाधारणका लागि औषधिको मूल्य बढ्न सक्ने विज्ञको चेतावनी
औषधिमा पनि भन्सार लगाउने ट्रम्पको घोषणा

डोनाल्ड ट्रम्प


नेपालखबर
चैत २७, २०८१ बुधबार ८:४४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब औषधिमा पनि कर (आयात शुल्क) लगाउने बताएका छन्।

बीबीसीका अनुसार वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा भाषण दिँदै उनले औषधिमा पनि भन्सार शुल्क तोक्ने घोषणा गरेका हुन्।

उनले भने, ‘हामी आवश्यक कदम चाल्दै छौँ। जब हामी औषधिमा शुल्क लगाउँछौँ, विदेशी कम्पनीहरू अमेरिकामा औषधि उत्पादन गर्न फर्कनेछन्, किनभने अमेरिका सबैभन्दा ठूलो बजार हो।’

ट्रम्पले यसले औषधि कम्पनीहरूमा दबाब पर्ने दाबी गरेका छन्।

जसका कारण ती कम्पनीले चीनजस्ता देशबाट आफ्नो व्यवसाय सार्नेछन् र अमेरिकामा कारखाना स्थापना गर्ने उनको विश्वास छ। 

पहिले औषधिमा कुनै शुल्क थिएन

ट्रम्पले गत हप्ता कर घोषणा गर्दा औषधिहरूलाई छुट दिएका थिए। तर ट्रम्पले पहिलेदेखि नै औषधिमा छुट्टै कर लगाउने बताइरहेका छन्।

विश्वका अधिकांश औषधि चीन, भारत र युरोपमा उत्पादन गरिन्छ।

केही विज्ञले औषधिमा प्रयोग हुने सामग्रीमा भन्सार लगाइएमा सर्वसाधारणका लागि औषधिको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन्।

ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेयता विश्वभर भन्सार शुल्कमा कडाइ गरिरहेका छन्। खासगरी उनी चीनविरुद्ध आक्रामक बनिरहेका छन्। 

चिनियाँ सामान आयातमा उनले कर बढाउँदै बढाउँदै १०४ प्रतिशत पुर्‍याइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad