समाज


आफ्नै छोरीलाई बलात्कार गरेर भिडिओ बनाउने बुवा पक्राउ

करणी गरेको भिडिओ खिचेर उनले गुगल ड्राइभमा राखेका थिए: प्रहरी
आफ्नै छोरीलाई बलात्कार गरेर भिडिओ बनाउने बुवा पक्राउ

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०८१ बुधबार ८:४५, काठमाडौँ

आफ्नै छोरीलाई करणी गरेको आरोपमा प्रहरीले पर्साबाट एक पुरुषलाई पक्राउ गरेको छ। 

साइबर ब्युरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले केही दिनअघि  वीरगन्जको छपकैयाबाट ती पुरुषलाई पक्राउ गरेको हो। 

उनीविरुद्ध करणी सम्बन्धी कसुर र विद्युतीय कारोवार ऐन-२०६३ अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। 

ती पुरुष (परिवर्तित नाम जिल्ला -४ छपकैया  प-१ २०८१/०८२) लाई मोबाइलसहित नियन्त्रणमा लिइएको डीएसपी लम्सालले बताए। 

‘उनले आफ्नै छोरीलाई करणी गरेर त्यसको भिडिओ बनाएर गुगल ड्राइभमा राखेको पाइएको छ,’ लम्सालले भने, ‘इमेल तथा फोनबाट साइबर ब्युरोले अनुसन्धान गर्दै जाँदा करणी गर्ने व्यक्ति आफ्नै बुवा भएको खुलेको हो।’ 

उनले करणीको जानकारी कसैलाई नगराउन छोरीलाई डर-धम्की देखाएको पनि प्रहरी अनुसन्धानले देखाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी लम्सालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad