ग्लोबल


डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा प्रान्तीय गभर्नरसहित ६६ जनाको मृत्यु

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा प्रान्तीय गभर्नरसहित ६६ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
चैत २७, २०८१ बुधबार ५:४७, काठमाडौँ

डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्।

अधिकारीहरूका अनुसार मृतकमा प्रान्तीय गभर्नर तथा पूर्वमेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि छन्। ५१ वर्षीय डोटेललाई भग्नावशेषबाट निकालेर अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको हो। 

यो घटना मंगलबार बिहान जेट सेट नाइटक्लबमा लोकप्रिय मेरेंगु गायक रुबी पेरेजको कन्सर्टमा भएको थियो। उनी पनि भग्नावशेषमा फसेका थिए। 

घटनाका बेला सयौँ मानिस कार्यक्रम स्थलभित्र थिए र लगभग ४०० उद्धारकर्ता अझै पनि जीवित व्यक्तिको खोजी गरिरहेका छन्।

मृतकको संख्या अझै बढ्ने आशंका रहेको बीबीसीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad