ग्लोबल


म्यानमारमा ५ दिनअघि गएको भूकम्पले भत्काएको होटल भवनभित्र युवक जीवितै

म्यानमारमा ५ दिनअघि गएको भूकम्पले भत्काएको होटल भवनभित्र युवक जीवितै

भूकम्पले म्यानमारमा ढलेको भवन र उद्धार टोली


नेपालखबर
चैत २०, २०८१ बुधबार १४:११, काठमाडौँ

म्यानमारमा ५ दिनअघि (चैत १५ गते) गएको ७.७ म्याग्निच्युडको भूकम्पले भत्काएको होटल भवनको भग्नावशेषमा बुधबार एक कर्मचारी जीवितै भेटिएका छन्। 

राज्य प्रशासन परिषद्को सूचना टोलीका अनुसार नेपिडोको होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय होटलकै कर्मचारीको उद्धार गरिएको हो। 

भग्नावशेषमा दुई जना फसेको र म्यानमारको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एक जनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सूचना टोलीले जनाएको छ।

स्तब्ध र धुलोले भरिएको तर होसमा रहेका ती युवकलाई भग्नावशेषको प्वालबाट निकालेर स्ट्रेचरमा राखिएको म्यानमार अग्नि नियन्त्रक सेवा विभागले फेसबुकमा पोस्ट गरेको भिडिओमा देखिन्छ। 

म्यानमारमा भूकम्पले भवनभित्र फसेका युवक जीवितै भेटिएपछि निकालिँदै।

फसेका बाँकी व्यक्तिको खोजी र उद्धार प्रयास जारी रहेको बताइएको छ।

म्यानमारमा चैत १५ गते गएको शक्तिशाली भूकम्पका कारण १७ सयभन्दा बढीको मृत्यु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad