शुक्रबार म्यानमारमा गएको भूकम्पमा परी मृत्यु भएकाको संख्या हजार नाघेको छ।
म्यानमारका सैन्य नेतालाई उधृत गर्दै बीबीसीले भूकम्पमा १,००२ जनाको मृत्यु पुष्टि भएको जनाएको छ।
घटनामा २,३०० भन्दा बढी घाइते भएका छन्।
म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताएका छन्।
म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का छिमेकी देश थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो।
भूकम्पका कारण थाइल्यान्डमा ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता भएको बीबीसीले उल्लेख गरेको छ।
336
Shares

प्रतिक्रिया