समाज


पत्रकार रजकको ‘योजनाबद्ध’ हत्या भएको महासंघको ठहर, आन्दोलनका कार्यक्रम घोषणा

पत्रकार रजकको ‘योजनाबद्ध’ हत्या भएको महासंघको ठहर, आन्दोलनका कार्यक्रम घोषणा

हत्या गरिएका पत्रकार सुरेश रजक


नेपालखबर
चैत १६, २०८१ शनिबार १५:३५, काठमाडौँ

नेपाल पत्रकार महासंघले शुक्रबार राजावादी आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको योजनाबद्ध ढंगले हत्या भएको ठहर गरेको छ।

शनिबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले सो ठहर गरेको हो।

बैठकले पत्रकार रजकको हत्या तथा सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको छ।’

बैठकले शनिबार क्षति पुर्‍याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

यस्तै, मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली संलग्न रहेको समिति गठन गरिएको छ।

आन्दोलनका थप कार्यक्रम अवस्थाको विश्लेषणपछि तय गरिने महासंघले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad