इजिप्टको लाल सागरमा आज एक पर्यटकीय पनडुब्बी डुबेको छ। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
लाल सागर क्षेत्रका गभर्नर अमर हनाफीले दुर्घटनामा ६ जना पर्यटकको मृत्यु भएको र ३९ जनालाई उद्धार गरिएको बताएका छन्।
दुर्घटना हुर्घाडाको तटबाट करिब एक किलोमिटर पर भएको हो।
गभर्नर हनाफीले फेसबुकमार्फत दिएको जानकारीअनुसार कुनै पर्यटक बेपत्ता भएका छैनन्।
अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको उनले बताएका छन्।
इजिप्टस्थित रुसी दूतावासका अनुसार पनडुब्बीमा सवार सबै पर्यटक रुसी नागरिक थिए।
इजिप्टको समयअनुसार बिहान १० बजे दुर्घटना भएको थियो।
111
Shares

प्रतिक्रिया