ग्लोबल


१२ घण्टा लामो वार्तापछि अमेरिका र रुस काला सागरमा युद्धविराम गर्न सहमत

१२ घण्टा लामो वार्तापछि अमेरिका र रुस काला सागरमा युद्धविराम गर्न सहमत

नेपालखबर
चैत १२, २०८१ मंगलबार २१:२९,

साउदी अरबमा अमेरिका र रुसका प्रतिनिधिबीच सोमबार भएको एक दिन लामो वार्तापछि काला सागरमा सुरक्षित आवागमनको सहमति भएको छ। 

ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा सुरक्षित सो सागरमा आवागमन सुनिश्चित गर्ने, बलप्रयोग बन्द गर्ने र व्यावसायिक जहाजको सैन्य उपयोग नगर्ने सहमति भएको उल्लेख छ।

त्यस्तै, अमेरिकाले रुसी कृषि तथा मल निर्यातका लागि विश्व बजारमा पहुँच पुनर्स्थापना गर्न पनि सघाउने बताइएको छ।

डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच भएको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति लागू गर्न सघाउने उपाय खोज्न पनि दुई मुलुक सहमत भएका छन्।

अमेरिका र रुसले दिगो शान्ति स्थापनाका लागि मिलेर काम गर्ने पनि ह्वाइट हाउसले जनाएको छ।

यो युद्धविरामको सम्झौतामा आफूहरू सहमत रहेको युक्रेनले पनि जनाएको छ। युक्रेनी रक्षामन्त्री रुस्तम उमेरोवले सोको जानकारी दिएका छन्।

सोमबारको वार्तापछि मंगलबार अमेरिका र रुसको संयुक्त वक्तव्य आउने जनाइएको थियो। तर, रुसी अधिकारीहरूले युक्रेनी अडानका कारण त्यसो हुन नसकेको बताएका छन्। मंगलबार साउदीमा युक्रेनी टोलीले अमेरिकी टोलीसँग संक्षिप्त भेटघाट गरेको थियो।

रुसी सिनेटर भ्लादिमिर चिजोवले संयुक्त वक्तव्य निकाल्ने सहमति भए पनि युक्रेनको अडानका कारण त्यसो हुन नसकेको बताएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad