ग्लोबल


दक्षिण कोरिया: महाभियोग लागेका कार्यवाहक राष्ट्रपति अदालतद्वारा पुनर्बहाली

दक्षिण कोरिया: महाभियोग लागेका कार्यवाहक राष्ट्रपति अदालतद्वारा पुनर्बहाली

फाइल तस्बिर: दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सु


नेपालखबर
चैत ११, २०८१ सोमबार १०:४६, काठमाडौँ

दक्षिण कोरियाको संवैधानिक अदालतले महाभियोग लगाइएका कार्यवाहक राष्ट्रपतिलाई पदमा पुनर्बहाली गरेको छ। 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दक्षिण कोरियाली संसद्‌ले महाभियोग लगाएका कार्यवाहक राष्ट्रपति हान डक सुलाई अदालतले सोमबार पदमा फर्काएको हो।

गत डिसेम्बरमा देशमा सैनिक शासन लागू गर्ने प्रयास गरेपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संसद्‌ले महाभियोग लगाएको थियो। त्यसपछि त्यतिबेला प्रधानमन्त्री रहेका हान डक सु कार्यवाहक राष्ट्रपति बनेका थिए।

तर राष्ट्रपति योलविरुद्धको महाभियोगको प्रक्रिया अदालतमा अघि बढाउन रोकेको भन्दै उनलाई पनि संसद्‌ले महाभियोग लगाएको थियो।

सोमबार संवैधानिक अदालतका बहुमत न्यायाधीशबाट महाभियोग प्रस्ताव अस्वीकृत भएपछि हान कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा फर्किएका हुन्। 

अदालतले पदमा पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै तारिफ गरे।

उनले भने, 'बदलिँदो विश्व परिस्थितिबीच दक्षिण कोरियालाई विकासको बाटोमा निरन्तर लैजान अब हामी सँगै काम गर्नेछौँ', उनले भने।

राष्ट्रपति युनको महाभियोग भने स‌ंवैधानिक अदालतमा विचाराधीन नै छ। यस विषयमा पनि अब केही दिनभित्र अदालतले निर्णय गर्ने रोयटर्सले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad