ग्लोबल


बिहारस्थित एसिया अस्पतालकी निर्देशकको हत्या

बिहारस्थित एसिया अस्पतालकी निर्देशकको हत्या

नेपालखबर
चैत १०, २०८१ आइतबार १२:४५, काठमाडौँ

भारतको बिहारस्थित एसिया अस्पतालकी निर्देशक सुरभी राजको हत्या गरिएको छ।

पटना सहर उप-डिभिजनल प्रहरी अधिकारी (एसडीपीओ) अतुलेश झाका अनुसार शनिबार गोली हानी उनको हत्या गरिएको हो।

एसडीपीओ झाले भने, शनिबार साँझ एसिया अस्पतालकी निर्देशक सुरभी राजलाई गोली लागेको जानकारी प्राप्त भयो। उनलाई एम्समा रिफर गरिएको थियो, जहाँ पछि उनको मृत्यु भयो।

बिहार सरकारका मन्त्री अशोक चौधरीले समाचार एजेन्सी एएनआईलाई भने, ‘यस घटनामा संलग्न जो भए पनि पत्ता लगाएर कारबाही गरिनेछ।’

उनले घटना आपसी विवादका कारण भएको हुन सक्ने आशंका गर्दै बिहारमा कुनै संगठित अपराध नरहेको दाबी गरे। 

सुरभी राजका बुबा राजेश सिन्हाले एएनआईलाई भने, ‘मलाई के भयो थाहा थिएन, उनलाई आईसीयूमा देखेँ र पछि थाहा भयो- उनलाई गोली लागेको थियो। यो षड्यन्त्र हो, यसको उच्चस्तरीय अनुसन्धान हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad