ग्लोबल


इजरायली आक्रमणमा हमासका शीर्ष नेता श्रीमतीसहित मारिए

इजरायली आक्रमणमा हमासका शीर्ष नेता श्रीमतीसहित मारिए

फाइल तस्बिर: हमासका शीर्ष राजनीतिक नेता सलाह अल-बर्दाविल


नेपालखबर
चैत १०, २०८१ आइतबार ९:२१, काठमाडौँ

दक्षिणी गाजा सहर खान युनिसमा इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल-बर्दाविलका दम्पती नै मारिएका छन्।

हमासका एक अधिकारीले आइतबार बीबीसीलाई यो जानकारी दिएका हुन्।

स्थानीयहरूले हवाई आक्रमणमा बर्दाविल र उनकी श्रीमती दुवैको मृत्यु भएको बताएका छन्।

इजरायली अधिकारीहरूबाट भने यस विषयमा अहिलेसम्म कुनै टिप्पणी आएको छैन।

इजरायली सेनाले गत मंगलबारदेखि गाजामा फेरि आक्रमण गरिरहेको हो। 

यसअघि जनवरी १९ देखि मार्च ३० सम्म गाजामा युद्धविराम गरिएको थियो।

तर यसपछि युद्धविराम अवधि लम्ब्याउने विषयमा दुई पक्षबीच सहमति हुन नसक्दा इजरालले फेरि युद्धलाई निरन्तरता दिएको हो।

आफूले युद्धविराम लम्ब्याउन पटकपटक प्रस्ताव गर्दा पनि हमासले नमानेको आरोप इजरायले लगाएको छ। 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीले गत २४ घण्टामा गाजा पट्टीका विभिन्न भागमा ३२ प्यालेस्टिनीको मृत्यु भएको बताएका छन्। 

युद्धविराम तोडिएयता इजरालको आक्रमणमा गाजामा ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको हमासले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad