ग्लोबल


अस्पताल भर्ना भएको ५ हप्तापछि पहिलोपटक सार्वजनिक हुँदै सर्वोच्च क्रिस्चियन धर्मगुरु

अस्पताल भर्ना भएको ५ हप्तापछि पहिलोपटक सार्वजनिक हुँदै सर्वोच्च क्रिस्चियन धर्मगुरु

नेपालखबर
चैत १०, २०८१ आइतबार ६:०, काठमाडौँ

क्रिस्चियन धर्मका सर्वोच्च धार्मिक नेता तथा भ्याटिकन प्रमुख पोप फ्रान्सिस आइतबार पाँच हप्तापछि पहिलोपटक सार्वजनिक रूपमा देखा पर्दै छन्।

भ्याटिकनका अनुसार पोप फ्रान्सिसले रोमको जेमेली अस्पतालमा उनलाई भेट्न आउनेहरूलाई अभिवादन र आशीर्वाद दिनेछन्।

गत फेब्रुअरी १४ मा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि ८८ वर्षीय फ्रान्सिसलाई अस्पताल भर्ना गरिएको थियो। 

गत हप्ता भ्याटिकनले जारी गरेको एउटा तस्बिरमा उनी अस्पतालको चैपलमा प्रार्थना गरिरहेको देखाइएको छ।

भ्याटिकनले शुक्रबार पोपको स्वास्थ्यमा सुधार भइरहेको बताएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad