भारतको महाराष्ट्र राज्यअन्तर्गत नागपुरमा भएको हिंसाका घटनामा प्रहरीले थप १४ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार शुक्रबार १४ जनालाई पक्राउ गरिएको हो। जसमा १० जना किशोरकिशोरी पनि छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार एक वरिष्ठ प्रहरी अधिकारीले योसमेत पक्राउ पर्नेको संख्या १०५ पुगेको बताएका छन्।
सोमबार (१७ मार्च) राति नागपुरको महल क्षेत्रमा दुई समूहबीच झडप र ढुंगामुढा भएको थियो।
जसमा प्रहरीसहित केही व्यक्ति घाइते भएका छन्।
174
Shares

प्रतिक्रिया