ग्लोबल


बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द

बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द

हिथ्रो विमानस्थल (फाइल तस्बिर)


नेपालखबर
चैत ८, २०८१ शुक्रबार १३:१५, काठमाडौँ

नजिकैको विद्युतीय सबस्टेसनमा भीषण आगलागी भएपछि लन्डनको हिथ्रो विमानस्थल शुक्रबार दिनभरका लागि बन्द गरिएको छ।

विमानस्थलले जारी गरेको विज्ञप्तिमा आगलागीका कारण विमानस्थलमा ‘ठूलो मात्रामा विद्युत आपूर्ति अवरुद्ध’ भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न हिथ्रो मार्च २१ को राति २३:५९ बजेसम्म बन्द रहनेछ।'

'यात्रुहरूलाई विमानस्थल नजान र थप जानकारीका लागि आफ्नो एयरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिइन्छ। असुविधाका लागि हामी क्षमा चाहन्छौँ।’

हिथ्रो बेलायतको सबैभन्दा ठूलो विमानस्थल हो, जहाँ हरेक दिन लगभग १,३०० विमान अवतरण र उडान गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad