ग्लोबल


पुटिन–ट्रम्प फोनवार्तालगत्तै युक्रेनका दुई अस्पतालमा रुसले गर्‍यो ड्रोन आक्रमण

पुटिन–ट्रम्प फोनवार्तालगत्तै युक्रेनका दुई अस्पतालमा रुसले गर्‍यो ड्रोन आक्रमण

नेपालखबर
चैत ७, २०८१ बिहिबार ५:५९, काठमाडौँ

युक्रेनी अधिकारीहरूले रुसी सेनाले युक्रेनको उत्तरी सुमी क्षेत्रका दुई अस्पतालमा ड्रोन आक्रमण गरेको बताएका छन्।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता भएको केही घण्टापछि सुमी सहरको एक अस्पतालमा ड्रोन आक्रमण गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। त्यतिबेला अस्पतालमा १४७ बिरामी र २२ कर्मचारी उपस्थित थिए।

त्यसपछि बुधबार बिहान पनि क्रास्नोपिल्ली नामक क्षेत्रको एउटा अस्पतालमा छ वटा ड्रोन आक्रमण गरिएको युक्रेनी अधिकारीहरूको भनाइ छ। जहाँ ४९ बिरामी र ११ कर्मचारी बसिरहेका थिए।

आक्रमणले अस्पताल भवनमा ठूलो क्षति पुगे पनि हमलाका बेला सबै जना आश्रयस्थलमा रहेकाले सुरक्षित रहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad