भारतको बेंगलुरुमा प्रहरीले ७५ करोड भारतीय रुपैयाँ बराबरको ३७ किलो एमडीएमए लागुऔषधसहित दुई अफ्रिकी युवतीलाई पक्राउ गरेको छ।
यस घटनामा प्रहरीले ती महिला कसरी ट्रली झोलामा दिल्ली विमानस्थलबाट बेंगलुरु विमानस्थलमा लागुऔषध तस्करी गर्न सफल भए भनेर अनुसन्धान गरिरहेको छ।
मङलुरुका प्रहरी आयुक्त अनुपम अग्रवालले बीबीसी हिन्दीसँग भनेका छन्, ‘यी महिलाहरूले लागुऔषधका प्याकेट ट्रली झोलामा राखेका रहेछन्। हाम्रो टोलीका सदस्यले उनीहरू दिल्ली विमानस्थलमा धेरैपटक यो लागुऔषध ल्याउन कसरी सफल भए भनेर बुझ्ने प्रयास गरिरहेका छन्।’
उनले थपे, ‘यी महिलाहरूले पछिल्लो एक वर्षमा दिल्लीबाट बेंगलुरु ३७ पटक र दिल्लीबाट मुम्बई २२ पटक उडान गरे।’
प्रहरीका अनुसार पक्राउ परेकी दक्षिण अफ्रिकाको एग्बोभिलकी ३१ वर्षीया बाम्बा फेन्टा नयाँ दिल्लीको विपिन गार्डेन क्षेत्रमा बस्छिन्। उनी २०१६ देखि भारतमा अवैध रूपमा बस्छिन्। उनकी सहकर्मी ओलिजो इभान्स भने नयाँ दिल्लीको मालवीय नगर क्षेत्रमा बस्छिन्। उनी दक्षिण अफ्रिकाको प्रिटोरियाका हुन्। उनी २०२० देखि भारतमा अवैध रूपमा बसिरहेकी छन्।
यी दुवै महिलासँग नक्कली राहदानी र भिसा भेटिएका छन्।
Shares

प्रतिक्रिया