समाज


धमाधम चल्दै छ थापाथली इन्जिनियरिङ र जनप्रशासन क्याम्पसमा स्ववियु चुनाव (तस्बिरहरू)

धमाधम चल्दै छ थापाथली इन्जिनियरिङ र जनप्रशासन क्याम्पसमा स्ववियु चुनाव (तस्बिरहरू)

सरोज नेपाल
चैत ५, २०८१ मंगलबार १४:२४, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयन्तर्गतका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे नेतृत्व चयनका लागि मतदान भइरहेको छ।

कतिपय ठाउँमा विद्यार्थीका विभिन्न समूहबीच झडप र तनाव भइरहँदा धेरै क्याम्पसमा शान्तिपूर्वक मतदान चलिरहेको छ। 

काठमाडौँको थापाथलीस्थित इन्जिनियरिङ क्याम्पस र बल्खुस्थित जनप्रशासन क्याम्पसमा पनि शान्त वातावरणमा मतदान चलिरहेको छ।

जनप्रशासन क्याम्पसका निर्वाचन प्रमुख केशवराज पाण्डेले विद्यार्थीको उत्साहजनक सहभागिता र शान्त वातावरणमा मतदान भइरहेको र अधिकांश विद्यार्थीले मतदान गरिसकेको नेपालखबरसँग बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad