ad ad

ग्लोबल


लण्डनमा मृत्यु भएका अर्यालमा कोरोना संक्रमण पुष्टि

लण्डनमा मृत्यु भएका अर्यालमा कोरोना संक्रमण पुष्टि

प्रजय शुक्ल
चैत १३, २०७६ बिहिबार ११:२६,

आइतबार राती लण्डनमा निधन भएका चितवनका ४० वर्षीय प्रशान्त अर्यालमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि अस्पतालले गरेको छ।

मृत्यु भएको चार दिनपछि बुधबार अस्पतालले अर्यालको परिवारलाई फोन गरेर उनमा कोरोना संक्रमण देखिएकोे जानकारी दिएको हो।

बेलायतको लण्डनमा कोरोना संक्रमणबाट मृत्यु हुने अर्याल दोस्रो नेपाली हुन्। यसअघि लण्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको उनी संखुवासभा खाँदबारी नगरपालिका १० का पूर्व खोरखा सैनिक हुन्। कोरोना संक्रमणबाट मार्च १७ मा लण्डनस्थित नर्थविक पार्क अस्पतालमा उनको निधन भएको थियो।

लामो समयदेखि लण्डनमा बस्दै आएका अर्याललाई यसअघि ब्लड प्रेसरबाहेक अन्य कुनै स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले जनाएको छ।

केही दिनदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान घरमै चक्कर लागेपछि एम्बुलेन्समा लण्डनको क्वीन एलिजावेथ अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममो आइतबार उनको मृत्यु भएको थियो।

चितवनको बसैनी घर भएका अर्याल करिब २४ वर्षदेखि लण्डनमा बस्दै आएका थिए। अर्यालका श्रीमती, एक छोरा र एक छोरी छन्। अस्पतालले परिवारका सदस्यलाई अर्यालको निधन कोरोनाको कारण भएको जानकारी दिएपनि शव हेर्न दिएको छैन।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .