ग्लोबल


पुटिनले भने : युद्धविरामको प्रस्तावमा सहमत छौँ

पुटिनले भने : युद्धविरामको प्रस्तावमा सहमत छौँ

नेपालखबर
फागुन २९, २०८१ बिहिबार २१:४३,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले अघि सारेको ३० दिने युद्धविराम प्रस्तावको आफूले समर्थन गर्ने बताएका छन्। क्रेमलिनमा बेलारुसका राष्ट्रपति अलेक्सान्द्र लुकासेन्कोसँगको संयुक्त पत्रकार सम्मेलनमा पुटिनले युद्धविराम लागू गर्न भने कठिन रहेको संकेत गरे।

युद्धविरामसम्बन्धी प्रश्नको जवाफ पुटिनले ट्रम्प र चीन, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका नेताहरूलाई धन्यवाद दिँदै सुरु गरेका थिए।

‘हामी युद्धविरामको प्रस्तावसँग सहमत छौँ। तर, हाम्रो अडान युद्धविरामले दिगो शान्तिसम्म लैजानुपर्ने धारणामा आधारित छ। जसले यो संकटको सुरुवाती कारण अन्त्य गर्नेछ,’ पुटिनले भने।

त्यसपछि पुटिनले कुर्स्कमा रुसी सेनाले युक्रेनी सैनिकहरूलाई पराजित गरेको विषयमा चर्चा गरे। 

आत्मसमर्पण वा मृत्यु रोज्नुपर्ने स्थितिमा युक्रेनका लागि ३० दिने युद्धविराम राम्रो हुने उनको भनाइ थियो।

‘तर हामी युद्धविरामको पक्षमा छौँ। तर, केही सूक्ष्म कुराहरू छन्। शत्रुता अन्त्य गर्ने आदेश कसले दिन्छ? र, त्यस्तो आदेशको मूल्य के हुन्छ?’ पुटिनले प्रश्न गरे।

‘२ हजार किमि लामो ‘कन्ट्याक्ट लाइन’मा युद्धविराम उल्लंघन भएको निर्क्यौल कसले गर्ने? दोष कसलाई दिने? यी सारा विषय दुवै पक्षले सूक्ष्म रुपमा अध्ययन गर्न जरुरी छ,’ पुटिनले भने, ‘युद्धविरामको विचार राम्रो छ र हामीलाई त्यसलाई समर्थन गर्छौं। तर, हामीले छलफल गर्नुपर्ने विषयहरू छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad