ग्लोबल


सेनाको बर्दी लगाएर कुर्स्क पुगे पुटिन, ‘शत्रुलाई पूर्ण रूपमा नष्ट गर्न’ आदेश

सेनाको बर्दी लगाएर कुर्स्क पुगे पुटिन, ‘शत्रुलाई पूर्ण रूपमा नष्ट गर्न’ आदेश

नेपालखबर
फागुन २९, २०८१ बिहिबार १४:५४,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वर्षौँपछि पहिलोपटक बर्दी लगाएर कुर्स्क क्षेत्र पुगेका छन्। उनले सो क्षेत्रमा ‘शत्रुलाई पूर्ण रुपमा नष्ट गर्न’ आदेश दिएका छन्।

गत अगस्टमा युक्रेनी सेनाले आक्रमण गरी कुर्स्क क्षेत्रको करिब १ हजार वर्गकिमि भूभाग कब्जा गरेको थियो। गत जनवरीदेखि रुसले त्यहाँ युक्रेनी सेनाविरुद्धको आक्रमणलाई तीव्रता दिएको थियो।

यसैसाता युक्रेनी सेना पछि हटिरहेको खबर आएको थियो। रुसी सेनाले ८६ प्रतिशत भूमि आफ्नो नियन्त्रणमा आइसकेको बताइरहँदा र युक्रेन तथा रुसबीच अमेरिकाले ३० दिने युद्धविरामको प्रस्ताव गरिरहँदा पुटिन अचानक बर्दीमा लडाइँ चलिरहेको स्थानमा पुगेका हुन्।

उनको यो कदमलाई कतिपयले युद्धविरामको प्रस्तावप्रतिको प्रतिक्रियाका रुपमा लिएका छन्। किनकि अस्थायी युद्धविरामबारे पुटिनले कस्तो प्रतिक्रिया देलान् भन्ने सर्वत्र चासो छ। उनको पहिरन, भ्रमण र अभिव्यक्ति युद्धविरामप्रति सकारात्मक नभएको धेरैको ठम्याइ छ। 

सार्वजनिक तस्बिरहरूमा पुटिन सैन्य कमान्डरहरूसँग हात मिलाइरहेका देखिन्छन्। उनले कुर्स्कमा कब्जा गरिएका युक्रेनी सैनिकहरूलाई ‘आतंककारी’का रुपमा व्यवहार गरिने बताएका छन्। 

बिहीबार अमेरिकी अधिकारीहरू युद्धविरामको प्रस्ताव लिएर मस्को पुग्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad