ग्लोबल


मुम्बईमा पत्नीलाई दोष दिँदै पुरुषले त्यागे प्राण

मुम्बईमा पत्नीलाई दोष दिँदै पुरुषले त्यागे प्राण

फाइल तस्बिर: मुम्बई


नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १२:५३, काठमाडौँ

महाराष्ट्रको मुम्बईस्थित विले पार्लेस्थित सहारा होटलमा ४१ वर्षीय एक पुरुषले झुण्डिएर प्राण त्यागेका छन्। सुसाइड नोटमा ती पुरुषले यसमा  आफ्ना श्रीमती र काकीबाट भएको दुर्व्यवहारलाई दोष दिएका छन्।

निशान्त त्रिपाठी नाम गरेका मृतकले झुण्डिनुअघि आफ्नै कम्पनीको वेबसाइटमा आफ्नो सुसाइड नोट अपलोड गरेका हुन्। 

सुसाइड नोटमा लेखेका छन्, ‘यो अपूर्वाका लागि हो...हाय बेबी! तिमीले यो पढ्दासम्म म गइसकेको हुनेछु। मैले तिमीलाई घृणा पनि गर्न सक्थेँ तर यो अन्तिम क्षणमा मैले प्रेम रोजेँ। म तिमीलाई पहिले पनि माया गर्थें, अहिले पनि माया गर्छु। अनि मैले वाचा गरेझैँ यो माया कहिल्यै कम हुनेछैन। मेरी आमालाई थाहा छ- मेरो मृत्युको कारण तिमी र प्रार्थना काकी हुन्। त्यसैले म तिमीलाई बिन्ती गर्छु- मेरी आमाकहाँ नजाऊ। उहाँ दुःखी हुनुहुन्छ, उहाँलाई एक्लै शोक गर्न देऊ।’ 

प्रहरीले दिएको जानकारीअनुसार, निशान्तले आत्महत्या गर्नुभन्दा ३ दिनअगाडि होटलमा कोठा बुक गरेका थिए र आत्महत्या गर्ने दिन बाहिर ‘डिस्टर्ब नगर्नुहोस्’ भन्ने बोर्ड टाँसेका थिए।

श्रीमती र काकीविरुद्ध जाहेरी
घटनापछि निशान्त त्रिपाठीकी आमाले मुम्बईको एयरपोर्ट प्रहरी चौकीमा जाहेरी दिएकी छन्। 

निशान्तकी आमा कानपुरकी बासिन्दा हुन्। निशान्त एनिमेसन उद्योगसँग सम्बन्धित थिए। उनी पालघर जिल्लाको विरारका बासिन्दा भए पनि श्रीमतीले दुर्व्यवहार गरेपछि आत्महत्या गर्नुभन्दा केही दिनअघि मुम्बईको एक होटलमा सरेका थिए।

फेब्रुअरी २८ मा निशान्तले आफ्नो कोठाको ढोकामा डिस्टर्ब नग लेखिएको बोर्ड टाँसे र बाथरुममा झुण्डिएर आत्महत्या गरे।

लामो समयसम्म पनि होटल कर्मचारीहरूलाई जवाफ नदिएपछि मास्टर चाबी प्रयोग गरेर उनको कोठामा प्रवेश गर्दा उनी डोरीको हुकमा झुण्डिएको अवस्थामा फेला परे।

जानकारी पाएपछि विमानस्थल प्रहरी घटनास्थलमा पुगेर शव पोस्टमार्टमका लागि पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad