ग्लोबल


दक्षिण कोरियाली लडाकु विमानले गल्तीले सर्वसाधारणमाथि ८ बम खसाल्यो

दक्षिण कोरियाली लडाकु विमानले गल्तीले सर्वसाधारणमाथि ८ बम खसाल्यो

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १२:२२, काठमाडौँ

दक्षिण कोरियाली वायुसेनाले सैन्य अभ्यासका क्रममा एउटा लडाकु विमानले गल्तीले सर्वसाधारण नागरिकमाथ आठ बम खसालेको बताएको छ।

बीबीसीका अनुसार यस घटनामा सात जना घाइते भएका छन्, जसमध्ये चार जना गम्भीर घाइते छन्।

दक्षिण कोरियाली वायुसेनाको केएफ-१६ विमानसँग सम्बन्धित उक्त घटना स्थानीय समयअनुसार बिहान १०:०४ बजे उत्तर कोरियाली सीमा नजिकै रहेको पोचियोन सहरमा भएको हो। 

दुर्घटनावश खसेका आठवटा बममध्ये एउटा मात्र बम विस्फोट भएको विश्वास गरिएको छ। 

पोचियोनका अधिकारीहरूले बीबीसीलाई बताएअनुसार बम डिस्पोजल टोलीले अन्य सात बमलाई सुरक्षित रूपमा निष्क्रिय पार्न काम गरिरहेको छ।

आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको पनि उनीहरूले जानकारी दिएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा दुई जनाको गर्धन र काँध भाँचिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad