ग्लोबल


राहुल गान्धीलाई अदालतले गर्‍यो २०० जरिवाना

राहुल गान्धीलाई अदालतले गर्‍यो २०० जरिवाना

राहुल गान्धी


नेपालखबर
फागुन २१, २०८१ बुधबार २०:१३, काठमाडौँ

भारतीय प्रान्त उत्तर प्रदेशको राजधानी लखनऊस्थित एमपी-एमएलए अदालतले भारतीय कंग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीलाई २०० रुपैयाँ जरिवाना गरेको छ। साथै अदालतले अर्को सुनुवाइमा उपस्थित नभए कडा कानुनी कारबाही गर्ने चेतावनी पनि दिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीविरुद्धको मुद्दा सुनुवाइमा अनुपस्थित रहेका राहुल गान्धीले बुधबार अदालतमा उपस्थितिबाट छुटका लागि निवेदन दिएका थिए। जसमा मजिस्ट्रेटले कंग्रेस नेता राहुललाई अनुपस्थितिका लागि छुट दिँदै २०० रुपैयाँ जरिवाना लगाएका हुन्।

अदालतले उनलाई अप्रिल १४ मा हुने अर्को सुनुवाइमा उपस्थित हुन निर्देशन दिएको छ र उपस्थित नभए कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

राहुल गान्धीले २०२२ मा महाराष्ट्रमा आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्रता सेनानी वीर सावरकरविरुद्ध विवादास्पद टिप्पणी गरेका थिए। उनले वीर सावरकरलाई अंग्रेजहरूको सेवक र पेन्सनभोगी भनेका थिए। यसपछि लखनऊ अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad