आज पनि सुनको मूल्य घटेको छ। बुधबार घटेको सुनको मूल्य आज थप घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुईसय रुपैयाँ घटेको छ। आज सुनको मूल्य तोलाको एक लाख ७० हजार तीनसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेर १ लाख ७० हजार ५ सय रुपैयाँमा झरेको थियो।
गएको मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।
आज चाँदीको भाउ भने थोरै बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको हो। आज चाँदी तोलाको १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ।
Shares

प्रतिक्रिया