ग्लोबल


रुस-युक्रेन युद्ध अन्त्य गर्नेबारे ह्वाइट हाउसमा म्याक्रोन र ट्रम्पबीच भेटवार्ता, के भयो कुरा?

रुस-युक्रेन युद्ध अन्त्य गर्नेबारे ह्वाइट हाउसमा म्याक्रोन र ट्रम्पबीच भेटवार्ता, के भयो कुरा?

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
फागुन १३, २०८१ मंगलबार ११:३६, काठमाडौँ

रुस-युक्रेन युद्धबारे ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्तापछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा हुने कुनै पनि शान्ति सम्झौता सुरक्षा ग्यारेन्टीका साथ हुनुपर्ने बताएका छन्।

ट्रम्पलाई भेटेपछि सोमबार संयुक्त पत्रकार सम्मेलनमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले शान्तिको अर्थ युक्रेनलाई आत्मसमर्पण गराउन नहुने प्रतिक्रिया दिएका हुन्। 

उनले भने, "यो शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन, यसको अर्थ ग्यारेन्टीबिनाको युद्धविराम हुनु हुँदैन।" 

ट्रम्पले युक्रेनमा शान्ति सुनिश्चित गर्ने लागत र खर्च अमेरिकाले मात्र नभई युरोपेली मुलुकहरूले पनि बेहोर्नुपर्ने बताए।

ट्रम्पलाई जवाफ दिँदै म्याक्रोनले युरोपले सुरक्षा लागतलाई अझ समान रूपमा बाँडफाँड गर्ने आवश्यकता महसुस गरेको बताए। 

रुसी आक्रमणको तेस्रो वार्षिकोत्सवमा भएको वार्ताले अगाडि बढ्ने बाटो देखाएको म्याक्रोनको भनाइ छ। 

ट्रम्पले आफूले सकेसम्म चाँडो युद्धविराम चाहेको बताएका छन् र यसबारे सहमति भएपछि उनी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस जानेछन्।

हालै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वा नाटोको सदस्यता पाएमा आफू पद त्याग्न तयार रहेको बताएका थिए।

रुस र युक्रेनबीचको युद्ध फेब्रुअरी २०२२ मा सुरु भएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad