खेल


सूर्य नेपाल गल्फ टुर मंगलबारदेखि

सूर्य नेपाल गल्फ टुर मंगलबारदेखि

नेपालखबर
फागुन १२, २०८१ सोमबार १४:२२, काठमाडौँ

सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको पाँचौं प्रतियोगिता ‘सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप’ सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिता काठमाडौँको गोकर्णस्थित गल्फ क्लबमा सुरु हुँदैछ। 

प्रतियोगिता ७२ होलमा खेलिनेछ, भोलिदेखि सुरु हुने र फागुन १७ गते सम्पन्न हुने आयोजकले जनाएको छ। आज पत्रकार सम्मेलन गर्दै खेलबारे जानकारी दिइएको हो।  

प्रतियोगितामा ३० जना प्रोफेसनल खेलाडीहरू सहभागी हुँदैछन्। उनीहरूले पुरस्कार राशी आठ लाख ८२ हजारका लागि प्रतिस्पर्धा गर्नेछन्।

विजेताले एकलाख ५० हजार प्राप्त गर्नेछन् भने उपविजेताले एकलाख र तेस्रो स्थान हासिल गर्ने खेलाडीले ७५ हजार जित्नेछन्। शीर्ष २१ स्थानमा रहने खेलाडीहरूले पनि नगद पुरस्कार जित्नेछन्। यस प्रतियोगितामा ६ जना अमेच्योर खेलाडीले पनि प्रोफेसनल खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा भूवन नगरकोटी, निरज तामाङ, रबि खड्का, दिनेश प्रजापति, जयराम श्रेष्ठ, धन थापा, र सञ्जय लामालगायतका शीर्ष खेलाडीहरू सहभागी हुनेछन्। अमेच्योर खेलाडीहरु मध्ये सद्‌भव आचार्य र राहुल विश्वकर्माले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

नेपाल प्रोफेसनल गल्फ संघ (एनपीजीए) का अध्यक्ष रबिन्द्र मान श्रेष्ठका अनुसार यो वर्ष गल्फ खेलको स्तर उल्लेखनीय रूपमा वृद्धि भएको छ। 

उनले भने, 'अमेच्योर तथा प्रोफेसनल खेलाडीहरूको प्रदर्शन रोमाञ्चक रहेको छ। प्रतिस्पर्धा निकै कडा भएको छ, जुन खेलको विकासका लागि सकारात्मक संकेत हो। साथै, प्रतियोगिताका प्रायोजक सूर्य नेपाल प्रालिलाई खेलप्रति निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad