जर्मनीमा भएको आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी संसद्मा सबैभन्दा ठूलो दल बनेको छ। यो पार्टीले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको छ।
बीबीसीका अनुसार जर्मनीमा आइतबार भएको चुनावको नतिजामा अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्र्याटिक पार्टी तेस्रो स्थानमा आएका छन्।
जितपछि सीडीयू/सीएसयू पार्टीका नेता फ्रेडरिक मर्जले भने, ‘आज हामी उत्सव मनाइरहेका छौँ, तर भोलि काम गर्नेछौँ।’
जर्मनी चुनावको नतिजा आएपछि युरोपेली नेताहरूबाट पनि प्रतिक्रिया आउन थालेका छन्।
बेलायती प्रधानमन्त्री केयर स्टारमरले भने, ‘म नयाँ जर्मन सरकारसँग नजिकबाट काम गर्न र दुई देशबीचको पहिलेदेखि बलियो सम्बन्धलाई अझ बलियो बनाउन तयार छु।’
उनले बेलायत र जर्मनीले दुवै देशको सुरक्षा र विकासका लागि मिलेर काम गर्ने बताएका छन्।
यसैबीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मेर्ट्जलाई बधाई दिएका छन्।
उनले पनि दुवैले बलियो युरोपका लागि मिलेर काम गर्ने बताएका छन्।
Shares

प्रतिक्रिया