ग्लोबल


क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको अवस्था अझै गम्भीर

क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको अवस्था अझै गम्भीर

फाइल तस्बिर: क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिस


नेपालखबर
फागुन १२, २०८१ सोमबार ११:२४, काठमाडौँ

क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको अवस्था अझै गम्भीर छ।

भ्याटिकनले दिएको जानकारीअनुसार पोपले अझै अक्सिजन थेरापी लिइरहेका छन्।

रगत परीक्षणबाट उनलाई हल्का र प्रारम्भिक मुटुको समस्या भएको पत्ता लागेको छ।

यसबाहेक मिर्गौलासम्बन्धी समस्या पनि देखिएको भ्याटिकनले जनाएको छ। 

आइतबार पोप फ्रान्सिसको थ्रोम्बोसाइटोपेनियाको अवस्था स्थिर पाइयो।

यस रोगमा रगतमा प्लेटलेटको मात्रा उल्लेखनीय रूपमा घट्छ।

आइतबार बिहान पोपले विज्ञप्ति जारी गर्दै क्याथोलिक ईसाईहरूलाई परम्परागत प्रार्थना गर्न आग्रह गरेका थिए।

धेरै दिनदेखि श्वासप्रश्वासमा समस्या भएपछि पोपलाई यही फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको हो। 

जहाँ उनलाई सुरुमा ब्रोन्काइटिसको उपचार गरिएको थियो र पछि निमोनियाबाट पीडित भएको पत्ता लागेको थियो।

अर्जेन्टिनाका पोप फ्रान्सिस रोमन क्याथोलिक चर्चको प्रमुख बन्ने पहिलो ल्याटिन अमेरिकी र पहिलो जेसुइट हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad