अस्पतालमा उपचाररत क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको अवस्था गम्भीर बनेको छ। भ्याटिकनले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।
पोप फ्रान्सिस लामो समयदेखि दम रोगबाट पीडित छन्। उनका दुवै फोक्सोमा निमोनिया भएको छ।
८८ वर्षीय उनको उपचार रोमस्थित जेमिली अस्पतालमा भइरहेको छ। भ्याटिकनले पोपको अवस्था खतरामुक्त नभएको बताएको छ।
पोप फ्रान्सिसलाई श्वासप्रश्वासको संक्रमणका कारण अस्पताल भर्ना गरिएको थियो। शनिबारदेखि उनलाई सास फेर्न गाह्रो भइरहेको छ।
भ्याटिकनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनको स्वास्थ्य हिजोको भन्दा खराब छ। उनलाई रगत पनि दिइएको छ।’
300
Shares

प्रतिक्रिया