भारतीय रिजर्भ बैंक (आरबीआई) का पूर्व गभर्नर शक्तिकान्त दासलाई शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो मुख्य सचिव नियुक्त गरिएको छ।
समाचार एजेन्सी एएनआई र पीटीआईका अनुसार तमिलनाडु क्याडरका सेवानिवृत्त आईएएस अधिकारी दासको कार्यकाल प्रधानमन्त्रीको कार्यकाल वा अर्को आदेश नभएसम्मको लागि हुनेछ।
शक्तिकान्त दास आरबीआईका गभर्नर र १५ औं वित्त आयोगका सदस्य भइसकेका छन्।
गुजरात क्याडरका सेवानिवृत्त आईएएस अधिकारी पीके मिश्रा हाल प्रधानमन्त्री मोदीका मुख्य सचिवका रूपमा कार्यरत छन्।
375
Shares

प्रतिक्रिया